समाचार

झापामा थप २८ जनाले जिते कोरोनाः राति नै गरियो डिस्चार्ज

२७ जेठ काठमाडौं । झापामा थप २८ जना कारोना संक्रमीत निको भएका छन् । कोरोना निको हुनेहरुमा झापाका विभिन्न ठाउँका १८ देखी ५६ वर्षसम्मका पुरुष रहेको बताइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका झापाका २८ संक्रमीतहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार राति ११ बजे डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । प्रतिष्ठानमा हाल ५५ जना कोरोना संक्रमीत उपचाररत रहेका छन् ।

उनका अनुसार प्रतिष्ठानमा भर्ना भएकामध्ये पहिलो पटक १८, दोस्रो पटक तीन र तेस्रो १२ र चौथो पटक २८ जना गरी हालसम्म ६१ जना संक्रमित निको भएर घर फर्किएका छन ।