समाचार

सहमहामन्त्री डा.महतको संयोजकत्वमा कांग्रेसले बनायो कोरोना समिति

काठमाडौं जेष्ठ २७ । कोरोना भाइरस कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ ।

उक्त बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा पुर्नरुपमा असफल भएको निष्कर्ष निकाल्दै अहिलेको परिस्थिति के छ भनेर अनुगमन गर्न डाक्टर महतको नेतृत्वमा अनुगमन समिति बनाएको छ। उक्त समितिले सरकारले कोरोना नियन्त्रणमा खेलेको भुमिका र नेपाली जनतामा कोरोनाका कारण परेको असर बारे अनुसन्धान गर्ने बताइएको छ ।

साथै हिजो कांग्रेस मुख्यालय सानेपामा बसेको बैठकले देशभरको जिल्ला प्रसासन मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ।