पु.समाचार

रुपन्देहीको तिलोत्तमामा एक व्यक्तिले गरे आफ्नै पाँच साथीको विभत्स हत्या

२७ जेठ काठमाडौं । रुपन्देहीको तिलोत्तमामा एक व्यक्तिले आफ्नै ५ साथीको सामुहिक विभत्स हत्या गरेका छन् । तिलोत्तमा नगरपालीका १० कान्छी बजार नजिकै मैनहवा गाउँमा सोमबार राति एक व्यक्तिले बन्चरो प्रहार गरी पाँच जनाको हत्या गरेका छन् ।

चारजनाको घटनास्थलमा र एक जनालाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको बताईएको छ । मृतक र हत्या गर्ने दुवै स्थानीय गाईभैंसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए । हत्यामा संलग्न भएको आरोपमा प्रहरिले एक व्यक्तिलाई नियन्त्रणमा लिएको जो व्यक्ति लागुऔंषध दुव्र्यसनी रहेको बताईएको छ ।

मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनका अनुसार अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दै छ । उक्त हत्या के कारणले भएको हो भन्नेबारेमा केहि खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।