बाग्मती

यशोदादेबि भगवान सिंह केसि मेमोरियल ट्रस्टद्वारा ककनि गाउपालिकामा स्वास्थ सामाग्री सहयोग

२७ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले केहिदिन अघि त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्ला भित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा गाउपालिका स्थरमा गइ अध्यक्षहरु सग भेटि जानकारी लिएका छन् ।

नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको ककनि गाउपालिका प्रमुख सग भेटि स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन गाउपालिका प्रमुख लाइ र स्वास्थचौकि उप-स्वास्थचौकि ,सामुदायिक अस्पताल आयुर्बेद अस्पताल ,गाउपालिका प्रशासनलाई सुझाव समेत दिएका छन् ।

यसै सन्दर्भमा काँग्रेस नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको ककनि गाउपालिकामा रहेको स्थानिय तहका सबै स्वास्थचौकि, उपस्वास्थ चौकिहरुमा ९ वटा स्वास्थ्य संस्थालाई (ईन्फारेड थर्मोमिटर) र माक्स उपलब्ध गराएको छ । ककनि गाउपालिका भित्रका ९ वटा स्वास्थ्य संस्थालाई सम्बन्धीत गाउपालिकाहरुमा गइ, प्रमुख, उप-प्रमुख लगायत स्थानिय जनप्रतिनिधिहरुको उपस्थितिमा स्वास्थ सामाग्री बितरण गरिएको थियो ।

गाउँपालिकाका सबै वडा तहमा रहेका स्वास्थ्य संस्थालाई ककनिका प्रमुख मान बहादुर तमाङ उप–प्रमुख सिता खतिवडा लाइ सम्बन्धीत गाउपालिकामा पुगि ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले डिजिटल थर्मोमिटर हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।

उक्त अबसमा महासचिब के सि ले कोभिड १९ का बिरुद्द सम्पुर्ण बिश्व मानब एक भएर लडनु पर्ने र यस्तो परिस्थिति मा कसैले पनि राजनैतिक आस्था बिश्वास भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताएका थिए । गाउपालिका मा रहेका सबै स्वास्थचौकि र उप–स्वास्थचौकिहरु आयुर्बेद र सामुदायिक अस्पताल मा ८८ नै वडामा बिभिन्न रहेक १०९ स्वास्थ चौकिमा बिभिन्न चरण मा स्वास्थ सामाग्री बितरण गरिसकिएको छ ।

उक्त (ईन्फारेड थर्मोमिटर) खरिद गर्न अमेरिकाबाट धनन्जय नरसिंह के सि को कृयाशिलता छोरिहरु डा अन्जना के सि थापा अनुजा के सि, प्रजनि के सि, स्वर्णिमा के सि डा आयुस्मा के सि लगाएतको सहयोग रहेको जनाईएको छ । अन्य सस्थाका सबैमा यशोदादेबि भगवान सिह के सि मेमोरियल ट्रस्टले सबैमा धन्यवाद ब्यक्त गरेको छ ।