खेलकुद

खेलकुद मन्त्री विश्वकर्माको दाबीः एन्फा बाट एक रुपैयाँ पनि खाएको छैन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट एक रुपैयाँ नलगेको स्पष्ट पारेका छन् । संघीय संसदमा बिनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् ।

संसद बैठकमा बिनियोजित बजेटमाथिको छलफलमा भाग लिदै सांसद प्रदीप यादवले एन्फाले खेलुकद मन्त्रीलाई माया गरेर १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए । सांसद यादवले लगाएको आरोपको जवाफ दिदै मन्त्री विश्वकर्माले आफुमाथि लगाईएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए ।

सांसदले जुन शब्द उच्चार गर्नुभएको छ । जुन अभिब्यक्ति दिनुभएको छ । यदी त्यसो हो भने आरोप पुष्टि गर्न चुनौती दिन्छु । प्रामाणित गरेर देखाउन चुनौती दिन्छु । आशय अर्कौ थियो भने प्रष्ट बनाउन अनुरोध गर्छु । उनले भने । मन्त्री विश्वकर्माले आफुमाथि लगाएको आरोप गम्भिर भएको बताउँदै संसदको रेकर्डबाट सो अभिब्यक्ती हटाउन माग गरेका छन् ।

उनले एन्फाले पोखराको भेडाबारीमा बनाउन खोजेको बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टरको बिषयमा आफुले अनौपचारिक जानकारी पाएको भन्दै सो परियोजना निर्माणमा आफ्नो संलग्नता नभएको बताए । उनले निष्ठा र कर्तब्यका साथ मन्त्रालयको जिम्मेवारी सम्हालिएको दाबी गर्दै आफुलाई एन्फाले मात्र नभएर सम्पुर्ण खेलकुद क्षेत्रले माया गर्ने गरेको उल्लेख गरेका छन् ।

खेलकुद मन्त्री विश्वकर्माले एन्फा अध्यक्षले दिएको अभिब्यक्तीको बिषय आफुलाई जानकारी नभएको बताएका छन् । उनले अनावश्यक बिषयमा मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित नहुने बताए । मन्त्री विश्वकर्माले प्रमाणका आधारमा दोषी भेटिए दण्डित गर्ने उल्लेख गर्दै ब्यक्तिको अनुहार हेरेर मन्त्रालयमा कुनै काम नहुने प्रष्ट पारे ।