राजनीति

नेपाली भुमीलाई नेपालको होइन भन्ने राष्ट्रघाती गिरिको सांसद पद तत्काल खोसौं: गुरुगं

२६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले साँसद सरिता गिरिको साँसद पद किन तत्काल खारेज नगरेको भन्दै आक्रोश पोखेका छन् । साँसद गिरिले एक अन्तरवार्तामा कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको नभएको बताएको घटना भाईरल भईरहेका बेला नेता गुरुगंले उक्त राष्ट्रघाती कुराका बिरुद्ध नेता गुरुगंले आक्रोश पोखेका हुन् ।

नेतृ गिरिले एक टेलिभिजनसँगको कुराकानीमा उक्त भारतद्वारा अतिक्रमीत भूमिहरु नेपालका नभएको र त्यसको प्रमाण पेश गर्न पत्रकार तथा नेपाल सरकारलाई चुनौती दिएकी थिईन् । पुर्ब मन्त्री समेत रहेकी साँसद गिरिले आफू झ्याईं झ्याईँ बाजा बजाएर नेपालीसँग बिबाह गरेर नेपालको कानून अनुसार नेपाली भएको बताउँदै आएकी छन् । उनले नेपाल सरकारले अतिक्रमीत भूमि नेपालको हो भन्ने निर्णय गर्दै नक्सा सार्बजनिक गर्दा उक्त भूमि नेपालको बनाउँदा भारतलाई नसोधेको भन्दै असन्तुष्टी पोखेकी थिईन् ।

यसैबिच नेता गुरुगंले गिरिको अतिक्रमीत भूमिका बिषयमा आएको भनाईप्रति कडा प्रतिकृया आएको हो ।

नेता गुरुगंको ट्वीटः एक जना सांसदले ‘लिम्पियाधुरा नेपालको हो भन्ने कुरा स्वीकार्दिनँ’भनेको समाचार माध्यममा आएको रहेछ। नेपाली भुमीलाई नेपालको होइन भन्ने जोसुकै भए पनि राष्ट्रघाती हो। त्यस्ता राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्नु पर्दैन @hello_sarkar