प्रवास

न्यूयोर्कमा छुवाछुत तथा रंगभेदी भेदभावको विरूद्धमा नेपालीद्वारा प्रदर्शन

विजय थापा/२६ जेठ, न्यूयोर्क, अमेरिका । न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली समुदायद्वारा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । गत जुन ७ आइतबारका दिन उक्त बिरोध प्रदर्शन भएको हो ।

मूलत ब्लाक लाइभ्स म्याटर तथा दलित लाइभ्स म्याटर नारा साथ नेपाली अमेरीकान समुदायको तर्फबाट ऐक्यवद्दता प्रदर्शन गरेका हुन् । नेपाली समुदायको अगुवाहरूद्वारा प्रस्तुत प्रदर्शनमा ४ दर्जन भन्दा धेरै नेपाली अमेरीकन सामाजिक संघसंस्थाहरू तथा सामाजिक न्यायिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । उक्त प्रदर्शन न्याय समानता र स्वतन्त्रताको लागी हो भएको आयोजकले जनाएका छन् ।

साथै हामी संसारभरीका शोषित पिडितहरूको पक्षमा, जातिय, नश्लिय, रंगभेदी, भेदभाव र असमानताको घोर भर्तसना एवं निन्दा व्यक्त गर्दछौं भनेका छन् ।