साहित्य

स्वास्थ्यलाई निरोगी र फुर्तिलो बनाऊँ

                                सनत् कुमार थापा                                       कविता

कम्तिमा पन्ध्र बर्ष भित्रका कार्यको अब मुल्यांकन गरौं !
यो बिचमा आर्जन गरेको सबैको सम्पत्तीको श्रोत खोजौं !!

बैधानिक आयले नथेग्ने जति सम्पत्ती राष्ट्रियकरण गरौं !
संकटपूर्ण अर्थतन्त्र बाट देशलाई अब सबै मिलि बचाऔं !!

भावी सन्ततीको लागी सुन्दर देसलाई सबै मिलि बचाऔं !
जानी नजानी गरेको अपराध बाट सबैले पश्चाताप गरौं !!

सकभर मदिरा सेवन नगरौं सात्विक जिवनलाई अपनाऊ !
आफ्नो जिवन र स्वास्थ्यलाई निरोगी र फुर्तिलो बनाऊँ !!