राजनीति

डा कोईरालाको आक्रोस: जनताको स्वास्थ्यप्रति सरकार किन निरिह र लाचार ?

२६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार ?भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले, ‘न क्वारेन्टाइनको ब्यवस्थापन राम्रो छ। न संक्रमितहरुको उचित ब्यवस्थापन छ। आरडिटी नेगेटिभ देखिएर घर फर्केकामा संक्रमण फैलँदै गएको छ। पिसिआर रिपोर्टका लागी हप्तौं कुर्नुपर्ने अवस्था छ।’ भन्ने कोरोना भाईरस संक्रमणबाट दैनिक देखिएको समस्याप्रति टिप्पणी गर्दै उक्त कुरा बताएका हुन् ।

मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परिक्षण गरिन्छ भन्ने कुरामा डा कोईरालाले गम्भीर चिन्ता लिँदै उक्त प्रश्न सोधेका हुन् ।

डा कोईरालाको भनाईः न क्वारेन्टाइनको ब्यवस्थापन राम्रो छ। न संक्रमितहरुको उचित ब्यवस्थापन छ। आरडिटी नेगेटिभ देखिएर घर फर्केकामा संक्रमण फैलँदै गएको छ। पिसिआर रिपोर्टका लागी हप्तौं कुर्नुपर्ने अवस्था छ। मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परिक्षण गरिन्छ। जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार ?