समाचार

क्वारेन्टाईनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्कीएका एक व्यक्तिको मृत्यु

२६ जेठ काठमाडौं । क्वारेन्टाईनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका एक व्यक्तिको घरमा मृत्यु भएको छ । क्वारेन्टाइनबाट शनिबार गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको एकदिन पछि आइतबार राति मृत्यु भएको हो ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालका अनुसार क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ती व्यक्तिले अत्यधिक मदिरा सेवन गर्दथे । मृतक व्यक्तिको अन्तिम दाहसंस्कार समेत भैसकेको छ ।