आर्थिक

आयल निगमले ल्यायो ३०प्रतिशत जनशक्ती कम गर्ने र अनियमीतता हटाउने ईपीआर प्रणाली

२६ जेठ, काठमाडौं । देशभर एक हजार चार सय भन्दा बढी पम्पमार्फत तेल बितरणगरिरहेको नेपाल आयल निगमले सबै हिसावकिताव ईआरपी प्रणालीद्वारा गर्ने योजना ल्याएको छ । स्वार्थ समूहहरुले भारतबाट आएका ट्याङ्करबाट बाटैमा तेल चोर्ने लगायतका अनियमीतताहरु रोक्न यसले महत्वपूर्ण भूमिका खेल्ने निगमको भनाई छ ।
पुरानो लोखा प्रणली मनुअल सिस्टम पुरै हटाउँदै कम्युटर प्रणालीलाई स्थापीत गर्ने लक्षका साथ नेपाल आयल निगमले काम गरिरहेको निगमका एक कर्मचारीले सुर्यखबरलाई बताए । तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान हुने र उक्त कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भैसकेको सर्बदितै छ ।

थानकोट डिपोका प्रमुख ईन्जीनियर प्रदीप यादबले इन्फरमेशन सिस्टम, एकाउन्टिङ सिस्टम, सुरक्षित डाटा भण्डारण लगायतका कार्य डिजिटल भई सबै कार्य गर्न उक्त सिस्टमले सहज हुने बताएका छन् । यो सिस्टममा ल्याउँदा पहिलेदेखी नै लाभ लिईरहेको स्वार्थ समूहले रोक्न खोज्दै निगमलाई अप्ठ्यारो पार्न खोजेका भएपनि काम अगाढी बढिसकेकोले अब नरोकिने निगमको दाबी छ । यसले भारतबाट आएका ट्याँकर बाटोभन्दा फरक स्थानमा गयो भने सजिलै जानकारी हुनेमात्र नभई ट्यांकरको तेल कति छ र कति घट्यो भन्ने समेत जानकारी हुने ईन्जीनियर तथा आयल निगम परियोजना बिभागका उपनिर्देशक मनोज कुमार ठाकुरको तर्क छ ।

तेल बेच्ने एकाधिकार जिम्मेवारी पाएर सरकारी निकाय नेपाल आयल निगम बिभिन्न समयमा बिबादमा आईरहेपनि उदयपुर सिमेन्टको महाप्रबन्धक हुँदा कम्पनीलाई फाईदामा लगेर नाम कमाएका उनले नेपाल आयल निगमलाई कम्युटर प्रणलीमा लग्नेयोजना लयाएरनिगमको काँचुली फेर्ने लाईनमा भएको सहजै बुझ्न सकिन्छ। चार्टर्ड एकाउण्टेण्ट समेतरहेका निगमका प्रबन्ध निर्देशक पौडेल भ्रष्टाचारमा सूनय सहनशीलतासहित पुरानो ढर्रामा चलेको निगमलाई आधुनिकतामालाने गरी खर्च आम्दानी पारदर्शी गराउन दत्तचित्र भएको लागेको देखिन्छन् ।

भेईकल ट्राफिक सिस्टम, बिलिङ सिस्टम, डिपोको कम्प्लिट अटोमेसनको लागि ओ आधारभूत पूर्बाधार भएको र तीन बर्षमा यसले सबै खर्च अशुल गर्ने लदाबी निगमका उ
च्च अधिकारीको छ । साथै अहिले भएका कर्मचारीमा ३० प्रतिशत कर्मचारी कटौती गर्न निगमको दाबी छ ।