राजनीति

पार्टी एकतामा पद नखोजेर डा भट्टराईको उचाई झन बढ्योः अध्यक्ष थापा

६ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले समाजबादी जनता पार्टीको बरियता क्रंममा पुर्व प्रधानमन्त्री समेत रहेका नेता डा बाबुराम भट्टराई पछाडि रहेर उनको उचाई झनै बढेर गएको बताएका छन् ।

अध्यक्ष थापाले आफ्नो डा. भट्टराईसँग धेरै नै मतभेद रहेको भएपनि उहॉको वरियतारराजनीतिक उचाई निर्बाचन आयोगमा पेशभएको कागजले नगर्ने दाबी गरेका छन् । समाज जनता पार्टी दर्तामा एकताका लागि बरियतामा पछाडि नाम राख्न मान्नु डा भट्टराईको उचाई झनै बढेको पुर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाको टिप्पणी छ ।

आईतबार निर्बाचन आयोगमा पार्टी एकीकरणपछि दर्ता भएको समाजबादी जनता दलको अध्यक्षमा उपेन्द्र यादब, महन्थ ठाकुर छन् भने राजेन्द्र महतो र डा बाबुराम भट्टराई बरिष्ठ नेता छन् ।

अध्यक्ष थापाः वरियताको विषयमा २दचदज्ञढछद्ध लाई केहीले खिसी गरेको पढें। बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ। तर, उहॉको वरियतारराजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन। लामो राजनीतिक यात्रारसंघर्षले समाजमा उहॉको स्थान कायम भैसकेको छ। एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ ।