सामाजिक सञ्जाल

धनराजको आक्रोशः प्रधानमन्त्री ज्यू,हजुर बाँच्नु पर्छ,किनकी हजुरले घर हैन,देश चलाउनु पर्छ !

२६ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुङलले कोरोना निको नभई घर पठाउने सरकारी निर्णयको निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुङलले दाङको बेलझुण्डीमा उपचारत ५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आए पनि कोरोनाको लक्षण नदेखिएकोले डिस्चार्ज गरेर घर पठाएको समाचार आएको भन्दै ओली सरकारको लापरबाहि पनको कडा आलोचना गरेका छन् ।

नेपाल सरकारले कोरोना संक्रमीतमा लक्षण नदेखिएको र अवस्था सामान्य रहेकालाई घर पठाउने निर्देशिका ल्याएपछि मुलुकका विभिन्न अस्पतालहरुमा उपचाररत संक्रमीतहरुलाई त्यसै खुल्ला छाड्ने गरेको छ । जसले गर्दा समाजमा झनै संक्रमणको खतरा बढेको छ ।

नेता गुङललेले अगाडी भनेका छन्ः लक्षण नदेखिएकाहरुबाट कोरोना सर्दैन रे ! प्र.म.ज्यु ! आफ्नो घर चलाउन नसक्ने जनता मरुन् कि बाँचुन् । तर हजुर बाँच्नु पर्छ । किनकी हजुरले घर हैन,देश चलाउनु पर्छ !

उनको ट्वीटः दाङ बेलझुण्डीमा उपचारत ५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आए पनि कोरोनाको लक्षण नदेखिएकोले डिस्चार्ज गरेर घर पठाएको समाचार पढियो । लक्षण नदेखिएकाहरुबाट कोरोना सर्दैन रे ! प्र.म.ज्यु ! आफ्नो घर चलाउन नसक्ने जनता मरुन् कि बाँचुन् । तर हजुर बाँच्नु पर्छ । किनकी हजुरले घर हैन, देश चलाउनु पर्छ !