सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः प्रभुले बरू यो झल्लो स्वास्थ्य मन्त्रालय खारेज गरिदए हुन्थ्यो

२६ जेठ काठमाडौं । बुद्धिजीवी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले कारोना नियन्त्रणमा ओली सरकार असफल भएको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त साहित्यकार संग्रौलाले योग्यता, कौशल र नैतिकता जीरो भएका जीवलाई स्वास्थ्य मन्त्रालयको हिरो बनाउँदा कोरोना महामारीले थुप्रो मान्छेको ज्यान लिने भो भन्दै प्रधानमन्त्री ओलीको कटाक्ष गरेका छन् ।

साथै उनले ओम्नी कमिसन काण्डमा प्रभुले ढाकछोप नगय्रा भए स्वास्थ्यमन्त्री भानु खोरमा हुन्थे भन्दै ब्यंग्यात्मक टिप्पणी गरेका छन् । साहित्यकार संग्रौलाले स्वास्थ्यमन्त्रीले गरेको भ्रष्टाचारमा प्रधानमन्त्री ओलीले ढाकछोप गरेप्रति बिरोध जनाएका छन् । 

उनले अगाडी भनेका छन्ः प्रभुले बरू यो झल्ला स्वास्थ्य मन्त्रालय खारेज गरिदए हुन्थ्यो ! 

उनको ट्वीटः ओम्नी कमिसन काण्डमा प्रभुले ढाकछोप नगय्रा भए स्वास्थ्यमन्त्री भानु खोरमा हुन्थे । योग्यता, कौशल र नैतिकता जीरो भएका जीवलाई स्वास्थ्य मन्त्रालयको हिरो बनाउँदा कोरोना महामारीले थुप्रो मान्छेको ज्यान लिने भो । प्रभुले बरू यो झल्ला स्वास्थ्य मन्त्रालय खारेज गरिदए हुन्थ्यो !