पु.समाचार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो बस्दै

२६ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज वस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्ने बैठकमा कोरोना माहामारी लगाएतको विषयमा छलफल हुने भएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका अनुरोध गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा ओली सरकार असफल देखिएको ले सरकारलाई दबाब दिनका लागि उक्त बैठक बस्न लागेको हो ।