मनोरञ्जन

रुकुममा घटनामा आधारित संजय श्रीपालको ”अछुत एक अधुरो प्रेम ” भिडियो सहित

२६ जेठ काठमाडौं । सामाजिक विभेदको रुपमा रहेको छुवाछुत ले समाजमा विभिन्न किसिमका अपराधिक कृयाकलापकहरु भखरै मात्र रुकुममा घटेको घटनालाई आधार बनाएर निमार्ण गरिएको गायक संजय श्रीपालको आवाजमा ”अछुत एक अधुरो प्रेम ” गीतको भिडियो सार्वजनिक भएको छ ।

समाज भित्रको कुरुतीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । जिवनमा हामीले छुवाछुत पुर्ण ब्यावहार भन्दा पनी आपसमा मिलेर अगाडि बढनुपर्नेमा गायक श्रीपालले आग्रह गरेका छन ।

रुकुममा घटेको वास्तविक घटनलाई आधार बनाएर निमार्ण गरिएको वियोगान्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुने मा गायक श्रीपाल आशावादी रहेका छन ।

रोमहर्ष भण्डारीको शब्द तथा सुरेशरमण अधिकारीको लय सिर्जना गीतमा रहेको छ । मनोज कार्कीको सम्पादन भिडियोमा रहेको छ ।

गितको भिडियोः