समाचार

काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानमा वर्षाः यस्तो छ आजको मौसम

२६ जेठ काठमाडौं । आईतबार बेलुकादेखी काठमाडौं उपत्यका लगाएत देशैभरी बर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणाली को प्रभाव रहेको छ ।

देशको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका भूभागमा सामान्य बदली रहेको छ भने प्रदेश ५, प्रदेश २ का भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसोः प्रदेश १, गण्डकी, बागमती, र कर्णाली प्रदेशहरुमा सामान्य बदली तथा प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिम, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः वागमती प्रदेश गण्डकी प्रदेश , प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।