पर्यटन/संस्कृति

धार्मिक क्षेत्रका पशुपक्षीलाई विश्व हिन्दू युवा सङ्घको आहरा

२५ जेठ, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा विभिन्न धार्मिकस्थलमा खान नपाएका पशुपक्षीका लागि विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आहाराको व्यवस्था गरेको छ । प्राणीको रक्षा गर्ने उद्देश्यले गाई, गोरु, बाँदर, परेवा, कुकुर लगायतलाई खाना र दाना खुवाइएकोे समितिका सचिव सागर थापाले जानकारी दिए ।

पशुपति क्षेत्र, नन्दी आश्रम, गोठाटार, बौद्धनाथ, स्वयम्भूनाथ, गुह्येश्वरी, मैतीदेवी, भद्रकालीलगायत धार्मिकस्थलका पशुपक्षीलाई यो सेवा दिइएको समितिले जनाएको छ । बल्खुस्थित तरकारी तथा फलफूल विकास समितिको सहयोगमा विभिन्न क्षेत्रमा हजारौँ मानिसलाई निःशुल्क तरकारी पनि वितरण गरिएको छ ।

नेपाल मारवाडी परिषद्को सहयोगमा निःशुल्क रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि पनि वितरण गरिएको जनाइएको छ । बन्दाबन्दीको पहिलो दिनदेखि नै विभिन्न संस्थाको सहयोगमा सेवा गर्दै आएको समितिले जनाएको छ ।