अन्तर्राष्ट्रिय

काभिड–१९ विरुद्धको लडाईंप्रति प्रतिवद्धतासहित चीनद्वारा स्वेतपत्र जारी

२५ जेठ, बेइजिङ । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोना विरुद्धको लडाईंबारे शनिबार स्वेतपत्र जारी गरेको छ ।

चीनको राज्य परिषद सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो ।

स्वेतपत्रमा भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेत पत्र जारी भएको चीनले बताएको छ । कोरोना विरुद्धको वैश्विक लडाईंमा आफ्नो विचार स्पष्ट गर्न श्वेत पत्र जारी गरिएको जनाउँदै कोभिड–१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ ।

एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाईं लडेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

“मानिसको जीवन एवं स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवं पुरै मेहनतका साथ कोरोना भाइरस रोकथामका उपायहरु अपनाएको छ,” श्वेतपत्रमा उल्लेख छ । “अब यो भाइरसको सङ्क्रमण फैलिन नदिन सबै च्यानलहरु नियन्त्रण गर्न चीन सफल भएको छ ।”

महामारी विरुद्धको चिनियाँ लडाईं, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ ।