तस्विरहरु

काठमाडौंमा हुन थाल्यो जाम, अढाई महिना पछि निस्किए सर्बसाधारण

२५ जेठ, काठमाडौं । उपत्यकामा नागरिकहरुको भीड बढ्न थालेको छ । बैंकहरुको बाहिरपट्टि बाटोमा अतिआवश्यकीय व्यक्तीहरुले बाटोमा एक दुई वटा गाडी मोटरसाईकल राखेका भेटिएका भएपनि आजबाट निजी सवारी साधनको चाँप ह्वात्तै बढेको छ । सरकारले २५ गेसम्ममा कर तिर्न भनेपछि अत्तालिएको निजी क्षेत्रले व्यावशाय सुचारु गर्ने बतँएको थियो । कर तिर्ने म्याद ब्यापक दबाबका कारण असार ७ सम्म सारिएको छ । असार ७ सम्मको म्यादमा कर तिर्दा प्रायः बन्द रहेको व्यापार तथा औद्योगीक प्रष्ठिानहरु खोल्नुपर्ने हुन्छ ।

त्यसमा हिसावकिताव गर्न लेखा साखा पनि खोल्नुपर्ने हुन्छ त्यसै कारण पनि हुन सक्छ मानिसहरुको उपस्थिति बाक्लिएको छ । कतिपय स्थानमा त सवारी जाम पनि देखिन थालेको छ । अरुबेला जामले वाक्क भएका मानिसहरु जाम देख्दा खुशी भएको कुरा समेत गरिरहेका भेटिन्छन् । बैंकको बाहिर सवारी साधनहरु राख्ने स्थान नै नहुनेगरी भीड लागेको देखिन्छ ।

सरकारले मन्त्रीपरीषदको बैठकबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचार समितिलाई लकडाउन खोल्ने वा खुकुलो बनाउने बिषयमा अध्ययन गर्न भनेको भएपनि द्यैनिक रुपमा बढेका कोरोना संक्रमीतहरुलाई मध्यनजर गर्दै खुकुलो बनाउने वा खोल्ने निर्णय लिन सकेको छैन । आधिकारिक रुपमा कुनै प्रकारको निर्णय नगरे पनि जनता निस्किन थालेका छन् ।