कर्णाली प्रदेश

६४ जना कोरोना संक्रमीत थपीएपछि कर्णलीमा पुगे ६४१ जना

२५ जेठ, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा गरीएको परीक्षणअनुसार थप ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

दैलेख, कालीकोट, सुर्खेत र सल्यानमा गरी ६४ जना कोरोना संक्रमीत भेटिएपछि कर्णालीमा कोरोना संक्रमीतको संख्या ६४१ पुगेको छ ।

पछिल्लो समय कोरोना भाईरसको परीक्षण बढाउँदै गएपछि कर्णालीमा कोरोना संक्रमीतहरु ह्वात्तै बढ्न थालेका छन् ।

देशभर तीन हजार भन्दा बढी संक्रमीत भएक बेला कोरोना पोजेटिभको संख्या बढ्ने क्रम यथावत छ ।