राजनीति

अर्थमन्त्रीलाई बिद्युतिय गाडीमा कर बढाउने अधिकार छैन, यसको हिसाव-किताव गर्छौंः गगन थापा

२५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् साँसद गगन कुमार थापाले अर्थमन्त्री युवराज खतिवडाले नेकपाको पार्टी घोषणापत्रकै बिरुद्धमा बिद्युतिय गथाडीमा कर लगाएको आरोप लगाएका छन् ।

साँसद थापाले आजको संसद बैठकमा बोल्दै चक्लेटको कर घटाउने अर्थमन्त्री खतिवडाको आलु लगायतको आयातका कारण विदेशीएको पैसामा ध्यान नदिएको दाबी गरे ।

पुर्बस्वास्थ्यमन्त्री समेत रहेका युवा नेता थापाले सरकारी मान्छेहरु नै २००० सीसी भन्दा बढीका गाडीहरु चढेको बताए । उनले नेकपाको घोषणापत्र बिरुद्ध भएको बिद्युतिय सवारीमा कर बढाउने अर्थमन्त्रीको निर्णय बिरुद्ध नेकपाले बोल्नुपर्ने भएपनि नबोलेको भन्दै काँग्रेसले त्यसको कडा प्रतिबाद गर्ने बताए ।

नेता थापाले आक्रमक हुँदै यसको हिसावकिताब हामी गर्छौं भनेका छन् । बैठकमा काँग्रेस नेता देबेन्द्रराज कँडेलले सरकारले ल्याएको बजेटको आलोचना गरेका थिए ।