राजनीति

उपेन्द्र, महन्थ र डा भट्टराई अध्यक्ष रहनेगरी समाजबादी पार्टीले लगायो टुंगो

२५ जेठ, काठमाडौं । जनता समाजबादी दलले तीन जना अध्यक्ष रहेर पार्टी एकताको टुंगो लगाउने सहमती गरेको छ । उपेन्द्र यादब, महन्थ ठाकुर र डा बाबुराम भट्टराई अध्यक्ष रहनेगरी पार्टी एकता गर्ने सहमती भएको समाचार छ ।

एकीकरण को ४५ दिनभित्र निर्बाचन आयोगमा जानुपर्ने दल दर्तासम्बन्धी प्राबधान अनुसार आज केहीबेरमा समाजबादी दलका नेताहरु राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहनेगरी जाने बताईएको छ ।

पार्टी एबीकरणको होडमा राप्रपाले तीन जना अध्यक्ष राखेको छ भने नेकपाले दुई अध्यक्ष राखेको छ । यही अनुसार समाजबाद्यीले पनि लामो समयको बहसपछि तीनजना अध्यक्ष राखेर पार्टी एकीकरण गर्ने सहमती जनाएको देखिएके छ ।