गण्डकी प्रदेश

आज बिानै गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो

२५ जेठ, गलकोट । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित भएको पुष्टि गरे । थप भएका ३८ सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ ।

कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी बर्दाघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका चार जनाका कोरोना पुष्टि भएको हो ।