राजनीति

काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सिद्धान्तमा बहस गर्नुपर्छः बरिष्ठ नेता पौडेल

२४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अबको समयमा पार्टी र सामाजलाई लोकतान्त्रीकरण गर्नुपर्ने बताएका छन् । उनले नेपाली काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्ने बताउँदै त्यसका लागि सिद्धान्तको बारेमा बहस गर्नुपर्ने बताए ।

नेता पौडेलले केपी ओलीको नाराले राष्ट्रियता बलियो हन्छ भन्ने प्रशन गर्दै बिदेशी मित्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने हैशियत नेतृत्वले राख्नुपर्ने विचार व्यक्त गरेका छन् । नेता पौडेलले सामाजिक विभेदले गर्दा मुलुकमा बिभिन्न समस्या आएको बताउँदै मुलुकलाई कृषि क्षेत्रतिर डोहोर्याउनुको बिकल्प नभएको बताए ।

युवाहरुलाई रोजगार श्रृजना गर्न उक्त विकल्प कृषिको आधुनिकिकरण नै भएको बताउँदै कोरोना पछि मुलुकलाई कसरी डोहोर्याउने भन्ने नीति चाहिने बताए । उनले गाँउमा युवालाई बसौ बसौं लाग्ने अवस्था आउनुपर्ने माहौल बनाउन सरकारले भूमिका खेल्नुपर्ने बताउँदै त्यसो हुन नसकेको बताए ।

भर्खरै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको जुम बैठकमा नेता पौडेलले मुलुकका गम्भीर समस्या र त्यसको समाधानको उपायको बारेमामात्र नभएर मुलुक हाँक्ने महत्वपूर्ण विचार व्यक्त गरेका थिए ।

बैठकमा अहिले अन्य सहभागीहरुले काँग्रेस महाधिवेशनको बिषयमा विचार व्यक्त गरिरहेका छन् ।  सहभागीहरुले सरकार साह्रै निरिहता देखाएको बताउँदै काँग्रेसले सातै प्रदेस, ७५३ स्थायस्य तहमा जनताको दुःखमा साथ दिन ढिला गर्न नहुने विचार व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र वेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिवार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिती विषयक भर्चुअल कार्यक्रममा बरिष्ठ नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताए । वरिष्ठ नेता पौडेलले आफुले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाँउमा नै बसौ बसौ बनाउनका लागि मौका आएको बताए । उनले अब गाँउ गाँउमा नागरिकले सहरमा उपलब्ध गराएका सुविधान गाँउमा पुर्याएर नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सृजना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए ।

बरिष्ठ नेता पौडेलले राज्यको भुगोलको पूर्नसंरचना भएपछि सामाजिक आर्थिक पूर्नसंरचना हुननसकेको बताए । उनले राज्यको सामाजिक रुपमा पनि पूर्नसंरचना आवश्यक रहेको बताए । राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताए । वरिष्ठ नेता पौडेलले सामाजिक रुपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उदगम थलोमा जातिय विभेदका घटना तीन आन्दोलनका नायकहरुद्धारा हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले १७ हजार मान्छेको ज्यान सामाजिक रुपान्तरणका लागि नभई सत्ता प्राप्तीका लागि भएको आा नागरिकको बुझाई रहेको बताए ।

वरिष्ठ नेता पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले संभव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसंग आँखामा आँखा जुँधाएर कुरा गर्न सक्ने क्षामता राख्नुपर्ने बताए ।

पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए । उनले दोश्रो विश्वयुद्ध पनि अमेरिकी र रुसी ध्रुवमा विभाजित भएको स्मरण गर्दै अहिले रुसको स्थान चीनले लिएर अमेरीकी र चीनियाँ ध्रुवमा विश्व विभाजित हुने बताए । नेता पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरु उत्साहीत भएका तर लोकतन्त्रवादी शसंकित भएको बताए ।

कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरु कपिलबस्तुका सुरेन्द्र आचार्य, रोल्पाका अमरसिंह पुन, गुल्मीका भुवन आचार्य, इलामका हिमालय कर्माचार्य, संखुवासभाका दिपेन्द्र श्रेष्ठ, पाँचथरका नरेन्द्र केरु, कास्कीका कृष्ण केसी, तनहुँका जितप्रकाश आले लगायतले आ आफ्नो धारणा राखेका थिए ।