पु.समाचार

आईसीयूमा उपचाररत एक युवकको मृत्युः कोरोना परिक्षण गरिँदै

२४ जेठ काठमाडौं । आईसीयूमा उपचाररत एक युवकको मृत्यु भएको छ । ज्वरो र रुघाखोकिको समस्या वढेपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको आइसीयूमा भर्ना भएका माडी नगरपालीकाका २७ वर्षका युवकको आज शनिबार बिहान मृत्यु भएको हो ।

भारतबाट दुईसाताअघि माडी आएका युवकको चितवनको भरतपुरस्थित अस्पतालमा मृतयु भएको हो । यद्यपी मृतक व्यक्तिमा कोरोना भएनभएको पुष्टि हुन बाँकी छ ।

आज बिहान १० बजे मृतयु भएका युवकको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको छ ।