पु.समाचार

भारतबाट आएर क्वारेन्टिनमा राखिएका ६५ बर्षीय एकजनाको मृत्यु, कोरोना परीक्षणको तयारी

२४ जेठ, बाजुरा । खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उहाँको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आउनुभएका उहाँमा दमको रोगसमेत रहेको बुझिएको छ ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।