अन्तर्राष्ट्रिय

कोरोना भाईरस विरुद्धको औंषधि बन्योः राष्ट्रपति ट्रम्प

२४ जेठ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना विरुद्धको आषधि बनेको बताएका छन् । शुक्रबारराति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पे कोरोना विरुद्ध २० लाख भ्याक्सिन प्रयोगका लागि निमार्ण भएको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त कुराको दाबी गरेपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले भने यसबारेमा आफूले टिप्पणी गर्न नसक्ने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पको भनाईप्रति अनभिज्ञता प्रकट गरेका थिए ।

तर गत मंगलबार आयोजित एक मेडिकल सेमिनारमा भने डाक्टर फौचीले अर्को वर्षसम्म कोरोनाविरुद्धको खोप निर्माण हुनेमा आफू आशावादी रहेको बताएका थिए ।

ट्रम्पले भ्याक्सिन तयार भइसकेको दाबी गरे पनि यसको प्रयोग सुरक्षित छ या छैन भन्नेबाकुरामा वैज्ञानिकहरुबाट भने प्रमाणित हुन बाँकी रहेको बताएका छन् । ट्रम्पले खोपको प्रयोग कहिलेदेखी हुन्छ भन्ने बारेमा केहीपनि खुलाएका छैनन् ।

अमेरिकामा कोरोनाका कारण आजसम्म १ लाख ११ हजार वढीको कोरोनाको कारण मृत्यु भएको छ भने १९ लाख ६५ हजार धेरै संक्रमीत छन् ।