साहित्य

‘भुस्याहा कुकुर’

                                -धनराज गुरुङ                       -कविता

आजभोलि
मेरो टोलको भुस्याहा कुकुर
छिमेकीको पिंढीमा सुत्ने गर्छ!

छिमेकीलाई देखे पछि पुच्छर हल्लाउँछ!!

आजभोलि
मेरो टोलको भुस्याहा कुकुर
मलाई नै भुक्ने गर्छ!!

आजभोलि
मेरो टोलको भुस्याहा कुकुर
छिमेकीले फालेको हड्डि मै रमाउँछ!!

आजभोलि
मेरो टोलको भुस्याहा कुकुर
छिमेकीलाई देखे पछि पुच्छर हल्लाउँछ!!