मनोरञ्जन

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपाली को व्यथा बोकेको प्रभावन जे को आउछु फर्केर बजारमा

२४ जेठ काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित आउछु फर्केर सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

जीवन बडू को एरेन्ज रहेको गीतको भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, कोरोना घरमै बसौन, को साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएको थियो । यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ.प्रा लि.का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए ।

 

गितको भिडियोः