मनोरञ्जन

सागर लम्साल बले अभिनित एक चिलिम सार्वजानीक (भिडियो सहित)

२४ जेठ काठमाडौं । कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्।

गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ। उनलाई स्वरमा साथ गायिका बेनुका राईले दिएकी छिन् । बिनय केटुले गीतको संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र सायसा फिचर्ड छन् । डान्सिङ बिटको भिडियोलाई सुमन तामाङले कोरियोग्राफी गरेका हुन् । राम कुमार केसीले भिडियो छायांकन गरेका हुन् । गोविन्द गुरुङ ‘ज्याक’को लगानीमा निर्माण भएको भिडियोलाई बिज्ञान राईको सम्पादन, निर्देशनमा तयार पारिएको हो ।

खोटाङमा जन्मेर राजधानी काठमान्डौमा संगीतमा संघर्ष गर्दै आफुलाई स्थापित गर्ने कोसिसमा रहेका गायक भाबुकका दुख्छ मुटु, छाडेपनि यो हावा बहन , कस्को भरमाु लगायतका दर्जन बढी म्युजिक भिडियो र सयौ गीतहरु सार्वजनिक भइसकेका छन । टिएलन मिडियाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । छिट्टै ४र५ वटा गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा रहेका गायक भाबुकले यस गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।

 

गितको भिडियोः