सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः ओली सरकार कालिदास जस्तै, हाँगाको टुप्पोतिर बसेर फेद काट्छ

२४ जेठ काठमाडौं । बुद्धिजीवी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारलाई कालिदासको संज्ञा दिएका छन् । समाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले ओली सरकार कालिदास जस्तै छ, हाँगाको टुप्पोतिर बसेर फेद काट्छ भन्दै व्यंग्य गरेका छन् ।

उनले सरकारले दुईजना संक्रमीत हुँदा लकडाउन थपेको टिप्पणी गर्दै वास्तवमा अहिले संक्रमित ह्वात्तै बढेर बिरामी मर्न थाल्दा लकलाउन लाउनुपर्ने बताएका छन् । सरकारले लामो समयसम्म लकडाउन मात्रै थोपारेकाले गबि जनता भोकै मर्न लागेपछि लकडाउन तोड्न थालेको बताए ।

उनले भनेः यो सरकार ठूलो कपुरी क वाले कालिदासजस्तै छ, जो हाँगाको टुप्पोतिर बसेर फेद काट्छ । सरकारले लकडाउनमात्रै थापारेर कुनै विकल्प नखोजेपछी मुलुकमा नागरिकहरुले जवरजस्ति तोड्न थालेका छन् । भने व्यापारीहरुले पनि सरकारको निर्णयविपरित व्यवसायी सञ्चालन गर्न थालेका छन् ।

मुलुकमा लकडाउन जारी रहेपनि कोरोना संक्रमीतको संख्या भने दिन–प्रतिदिन ह्वात्तै वढेको छ भने मृतकको संख्या पनि थपिँदै गएको छ ।

उनको ट्वीटः दुईजना संत्रमित हुँदा सरकारले लकडाउन थोपय्रो । वास्तवमा अहिले संक्रमित ह्वात्तै बढेर बिरामी मर्न थाल्दा लकलाउन लाउनुपर्ने हो । तर कुबेलाको लकडाउनले थाकेर भोकै मर्न लागेका मानिस लकडाउन तोड्न थाले । यो सरकार ठूलो कपुरी क वाले कालिदासजस्तै छ,जो हाँगाको टुप्पोतिर बसेर फेद काट्छ ।