गण्डकी प्रदेश

एका बिहानै गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमीतः जम्मा सख्या ७५

२४ जेठ काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहानै १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमीत थएिसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमीतको जम्मा संख्या ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

उनीहरु भारतबाट आएर विनयत्रिवेणीकै क्वारेन्टाइनमा बसेको जनाइएको छ । संक्रमीत सबैको अवस्था सामान्य रहेको बताईएको छ । साथै उनिहरुलाई जिल्ला अस्पतालको आईसोलेसनमा लगिँदै छ । उनिहरु सबै भारतबाट आएका थिए ।