पु.समाचार

दुईदिन देखि काठमाडौं उपत्यका सहित देशैभरी वर्षाः आज विहानै देखी पर्याे पानी

२४ जेठ काठमाडौं । बिहिबार साँझदेखी काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानमा वर्षा भईरहेको छ । केह समय बीच बीचमा रोकिएपनि दुई दिनयता अधिकांश समय वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहिबार साँझबाट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखी पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेशमा सामान्य बदली, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी , कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राती प्रदेश १,२, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेशमा सामान्य बदली, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले वर्षा भएको छ । स्थानीय तथा पश्चिम वायुको पनि प्रभाव रहेको छ ।