कर्णाली प्रदेश

जुम्ला क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

२३ जेठ, खलङ्गा । जुम्लाको क्वारेन्टिनमा मृत्यु हुनुभएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ प्रतिष्ठानले जनाएको छ ।
चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टिनमा बस्नुभएका वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।