प्रदेश 1

कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने थप आरडिटी कीट र भिटिएम उपलब्ध गराउँदै

२३ जेठ, विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा निर्माण गरिएको क्वारेन्टिनको आज अनुगमन एवं निरीक्षण गरेका छन् ।

उन्ले वडा नं १ मा रहेको शारदा आधारभूत विद्यालय र वडा नं ६ को सौठा माध्यमिक विद्यालयमा रहेका क्वारेन्टिको निरीक्षणपछि थ्रोट स्वाब (पिसिआर) परीक्षणमा प्रयोग हुने १०० थान भिटिएम हस्तान्तरण गरे । उन्ले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने थप आरडिटी कीट र भिटिएम उपलब्ध गराउँदै जाने बताए।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको आरडिटी कीट र भिटिएमले विशेष गरेर भारतबाट स्वदेश फर्केकाका लागि परीक्षणमा ठूलो टेवा पुगेको वडा नं ८ का वडाध्यक्ष गोपी चापागाईंले बताए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष साहले नगरभित्र रहेका सातवटा क्वारेन्टिनमा ३४२ जना रहेका जानकारी दिए ।