बाग्मती

हरिपृया फाउण्डेसनले निःशुल्क बाँड्यो खाद्यान्न, सौन्दर्य र स्वास्थ्य सामाग्री

२३ जेष्ठ, काठमाडौंं । हरिपृया–प्रकाश फाउन्डेसनबाट २ हजार नागरिकलाई निःशुल्क सौन्दर्य सामाग्री, स्वास्थय सामाग्री र खाद्यान्न तथा राहत बितरण गरिएको छ ।

१० हजार नागरिकलाई राहत बाढ्ने अभियानअन्तर्गत बिहीबार ११ सय र शुक्रबार ९०० जनालाई सस्थांले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा राहत बाँढेको छ । स्मरण रहोस् युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउण्डेसन मार्फत बाडदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गर्नुभएकी शिक्षा बिज्ञ एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार समेत थिईन् ।

युवानेता भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा खाद्यान्न सहित हिमालयको फेसवासको फेसवास, मन्जन सैम्फु क्याम्पसका छात्रछात्रा र घरेलु महिला कामदारहरु उपस्थिति भएको आयोजकले बताएको छ । नेपाल प्रहरीको सहयोगले सामाजिक दुरि कायम राख्दै लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज तेल,मन्जनब्रस सनसिल्क सैम्फु, रेजरब्लेड, कैँची, नर्मल मास्क,सेनेटाईजर, मोबाइल रिचार्ज कार्डहरु (बृद्धबृद्दालाई), एम ९५ मास्क र पन्जाहरु बितरण भएको दाबी गरिएको छ ।

नेपाली काँग्रेसका युवानेता क्षितिज भण्डारीका अनुसार, ‘मानिसमा कोरोनको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरता जरुरी हुन्छ । दार्ही–कपाल काट्न रेजरब्लेड नपाएर दात माझ्ने मन्जन नभएर अनि नुहाउने साबुन, सैम्पु र मुखको सुन्दरताको लागि फेसवास, तेल, क्रीम आदि सौर्न्दर्य सामग्रीले आत्मबिश्वास बढाएर मनमा खुशी ल्याउछ । त्यस्तै स्वास्थय सामग्रीले सुरक्षा दिने र खाद्यान्नले पेट भर्ने हुनाले आफुहरुले तीन प्रकारको सहयोग बाडिएको समाजसेवी मिलन ढकाल बताउँछन । ढकालले कार्यक्रम मै केही क्विन्टल चामल दिने घोषणा समेत गरेका थिए ।’