प्रदेश 1

करुणा समाजद्वारा सहयोग हस्तान्तरण

२३ जेठ, इनरुवा । लकडाउनको अवधिमा करुणा समाजले गरिएको मानवीय सहयोगको विवरण गरेको छ ।

समाजले अति विपन्न ९ घर मुसहर समुदायलाई खाद्यान्न सहयोग, १ घर भुजेलको घरमा खाद्यान्न सहयोग, डिउटिमा वसेका सुरक्षाकर्मीलाई २५ कार्टुन पिउने पानी वितरण गरेको समाजले बताएको छ ।

समाजले कोरोना भाईरसका कारण गरिएको लकडाउनबाट अतिबिपन्नलाई परेको समस्यालाई मध्यनजर गर्दै माया घर इटहरिमा आश्रितजनलाई दूध, खाद्यान्न, तरकारि, पानी, खाजा, विस्कुट वितरण र इनरुवा वसस्टेण्डमा रहेको क्वारेन्टाइनमा दूध, पानी र खाजा वितरण गरेको बताएको छ । यो राहत वितरण कार्यमा नवयुग डेरिको साझेदार रहेको माधव आचार्यले जानकारी दिए ।