पु.समाचार

आज थप एक जनाको निधन भएको पुष्टी, भेटिए २७८ जना कोरोना संक्रमीत

२३ जेठ, काठमाडौं । आज २७८ जना कोरोना संक्रमण देखिएको छ । एकजना थप नेपालीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देबकोटाले बताएअनुसार दैलेखमा ९१, कपिलबस्तुमा ४४ र प्रदेश नम्बर १ मा ३९ जनामा कोरोना भाईरस सँक्रमण पुष्टी भएको छ ।

संक्रमीतमा २६७ पुरुष र ११ जना महिला रहेका छन् ।  जम्मा संक्रमीत २ हजार ९ सय १२ जना भएका छन् । मृतकको संख्या कुल ११ पुगेको छ ।  मृतक थपीएको समाचार बिहानै आएपनि मन्त्रालयले भने भर्खरै पुष्टी गरेको हो ।