स्वास्थ्य

केएमसीले भन्योः बिषम परिस्थितिलाई मध्यनजर गर्दै आजबाट सबै सोवा सूचारु गरेका छौं

२३ जेठ, काठमाडौं । काठमाडौं मेडिकल अस्पतालले आफ्ना सबै सेवाहरु आजदेखी सूचारु गरेको बताएको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै भक्तपुरको दुवाकोटस्थीत अस्पताललाई कोरोना अस्पताल र अन्य सेवाका लागि सिनामंगलस्थीत अस्पताल बनाईएको जनाएको छ ।

अस्पतालले कोरोनाले लकडाउन भएको बेला २५ हजारलाईलाई सेवा दिएको दाबी गर्दै करिब ४७ जनालाई कोभिड अस्पताल तथा सिनामंगलस्थित अस्पतालको आइसोलेसन वार्डमा राखी सेवा प्रदान गर्न सकेको बताएको छ ।

अस्पतालले भनेको छ, ‘प्राइमारी ट्रेसिङ्ग गरि बुधबार राती नै १०० भन्दा बढी हाम्रा स्वास्थकर्मीहरुको परिक्षणको लागि स्वाब सन्कलन भैसकेको छ, हिजो करिब नब्बे जनाको स्वाब सन्कलन गरि जाच्न पठाइसकेको जान्कारी दिएको छ।

सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारिहरुको सुरक्षाको लागि, आस्पताल लाई निर्मलिकरण गरि फेरि सुरक्षित तरिकाले सुचारु गर्नका लागि यस अस्पतालको अन्तरङ्ग सेवा बाहेकका सम्पुर्ण सेवाहरु थोरै समयको लागि स्थगन गरेको जानकारी गरएकोमा आज बेलुका देखि यस अस्पतालको आकस्मिक तथा अन्य तेह्रवटा बिभागको अन्तरङ्ग तथा बहिरङ्ग सेवा सुचारु गरेको जानकारी दिएको छ ।’

लकडाउनको अबधिमा अस्पतालले एक जिम्मेवार संस्थाको नाताले यस रास्ट्रिय आपतको घडीमा सरकारको हात बलियो पार्नु पर्छ भनी, सम्यम् र सतर्क भै जीवन रक्षामा जुट्नुपर्छ भनी इमानदारी पुर्वक लागेको सेवाग्राहीहरुले महसुुस गर्नु भएको अस्पतालले महशुस गरेको बताएको छ ।

केएमसीद्वारा जारि गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आज कोविड–१९ को संक्रमण बाट सम्पुर्ण बिश्व लडिरहेका बेला के एम सि अस्पताल का सम्पुर्ण स्वास्थकर्मी तथा कर्मचारीहरु आफ्नो ज्यान जोखिममा राखेर पनि मानव जीवन रक्षा गर्ने आफ्नो धर्म मा समर्पित भैराखे कुरा सह्रानीय हो भनी हामी सबैले उनीहरुको मनोबल बढाउने अबस्था छ।
यो चुनौतीपूर्ण अबस्थामा उनीहरुले नेपाल सरकारको निर्देशन एवम् मापदण्डहरुको पालना गर्दै, कोभिड स्क्रिनिङ्ग क्लिनिक चलाइ, ट्राएजिङ्गको ब्यबस्था गरि अर्को तहको स्क्रिनिङ्ग पनि गरि, दुवाकोट आस्पताललाई कोभिड अस्पतालमा परिणत गरि, सिनामंगलस्थित अस्पतालबाट सकेसम्म जनरल स्वास्थ सेबा प्रवाह गर्ने कोसिस गर्दै, आफ्ना स्वास्थकर्मीहरुको सुरक्षाको सक्दो ख्याल राख्दै कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस भनी कोभिड र नन् कोभिड सबै खाले सेवा दिईराखेको हामीले देखेकै छौं । अस्पतालको तथ्यांकअनुसार लौकडाउनको अबधिमा यस अस्पतालले एक जिम्मेवार संस्थाको नाताले यस रास्ट्रिय आपतको घडीमा सरकारको हात बलियो पार्नु पर्छ भनी, सम्यम् र सतर्क भै जीवन रक्षामा जुट्नुपर्छ भनी इमानदारी पुर्बक लागेको सेवाग्राहीहरुले महसुुस गर्नु भएको छ। यस लकडाउनको समय अबधी भरिमा यस अस्पतालले सम्पूर्ण सेवाहरुको माध्यमबाट करिब २५ हजार भन्दा बढी नेपालीहरुलाई सेवा प्रदान गरिसकेका देखिन्छ। करिब ४७ जनालाई कोभिड अस्पताल तथा सिनामंगलस्थित अस्पतालको आइसोलेसन वार्डमा राखी सेवा प्रदान गर्न सकेको देखिन्छ ।
यस सिलसिलामा सिनामंगलस्थित अस्पतालले स्वाब सकंलन गरि पठाएका करिब ७६ वटा सैम्पल मध्ये केही दिन अघि एक जना बिरामीको कोभिड टेस्ट पोजिटिभ आएको र एक जनालाई कोभिड अस्पताल दुवाकोट्मा सेवा दिएकोले करिब ४२ जना दुवाकोट मै क्वारेन्टाइनमा बस्ने ब्यबस्था मिलाइ राखेको अवस्था छ। साथै प्राथमिक ट्रेसिङ्ग गरि सिनामंगल तथा दुवाकोट दुबै स्थानबाट सम्बन्धित सबैको स्वाब संकलन गरि परिक्षणको लागि पठाउने कार्य गरेको छ।
यसै सिल्सिलामा बुधबार सिनामंगलस्थित अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीको तथा प्रसुती बिभागका दुई सेवाग्राहीको कोभिड टेस्ट अस्ति साँझ पोजिटिभ आएको छ। यो कुराको जानकारी सम्बन्धित सरकारी निकायमा गरि सकेको जानकारी अस्पताल प्रशासनले दिएको छ । नियम बमोजिम अस्पतालले आफ्ना दुई जाना स्वास्थ्यकर्मी ज्युहरुलाई आफ्नै कोभिड अस्पतालमा राखेको छ। प्राइमारी ट्रेसिङ्ग गरि बुधबार राती नै १०० भन्दा बढी हाम्रा स्वास्थकर्मीहरुको परिक्षणको लागि स्वाब सन्कलन भैसकेको छ, हिजो करिब नब्बे जनाको स्वाब सन्कलन गरि जाच्न पठाइसकेको जान्कारी दिएको छ।
सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारिहरुको सुरक्षाको लागि, आस्पताल लाई निर्मलिकरण गरि फेरि सुरक्षित तरिकाले सुचारु गर्नका लागि यस अस्पतालको अन्तरङ्ग सेवा बाहेकका सम्पुर्ण सेवाहरु थोरै समयको लागि स्थगन गरेको जानकारी गरएकोमा आज बेलुका देखि यस अस्पतालको आकस्मिक तथा अन्य तेह्रवटा बिभागको अन्तरङ्ग तथा बहिरङ्ग सेवा सुचारु गरेको सुचना प्रकासित गरेको छ ।’