समाचार

म्यानमारबाट २६ जना नेपाली एकाबिहानै काठमाडौं आईपुगे

२३ जेठ काठमाडौं । आज बिहानै म्यानमारबाट २६ जना नेपाली नेपाल आईपुगेका छन् । कोरोना संक्रमणका कारण रोजगारी गुमाएर बाह्य देशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य पनि सुरु गरेको गरेको छ । बाहिरी मुलुकबाट आई बिमानस्थल ओर्लिए लगत्तै उनिहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परिक्षण प्रमाण पत्रको जाँज गरिने छ ।

सीसीएमसीका अनुसार आज म्यानमारबाट आउने २६ जनाकै परिक्षण रिपोर्ट नेगेटिभ रहेको छ । म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिने छ ।

त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ ।

साथै उनिहरुको थप व्यक्तिगत विवरण पनि संकलन गरिने भएको छ । नेपाल टेलिकमले बाहिरबाट आउनेहरुलाई सिमकार्डपनि उपलब्ध गराउने भएको छ । उक्त सिमकार्डको माधयमबाट उनिहरुको दैनिक गतिविधि थाहा हुने छ ।

यस्तै शुक्रबार आज नै युएईबाट पनि १ सय ६८ जना नेपालीलाई लयाउने तयारी भएपनि युएईमा प्राविधिक कारण युएईमा बिमान उड्न नसकेको बताईएको छ । विश्वभर नै कोरोनाको माहाारी फैलिएकाले रोजगारीका लागि विदेश गएका नेपालीहरु अलपत्र परेपछि उनिहरुको उद्धारगर्न सरकारलाई चौतर्फि दबाब आएसंगै नेपालीको उद्धारमा सरकार लागेको छ ।