राजनीति

बलायर आक्रोशितः सरकारलाई कोरोनाको उपचार नपाएर मरेका घटनाले विश्वको अगाडी शरम लाग्दैन ??

२३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्बमन्त्री वीरबहादुर बलालयरले सरकारले कोरोनाबाट मृत्यु हुनेहरुमा दुःख ब्यक्त गरेका छन् ।

उनले नेकपा नेतृतवको केपी शर्मा ओली सरकारतर्फसंकेत गर्दै एकपटक मनन गरौं त ! विश्व समुदायको अगाडी शरम लाग्नुपर्ने कुरा होइन र ?? भन्ने प्रश्न गरेका छन् । नेता बलायरले सरकार तथा आम जनमानसमा तीन गम्भीर प्रश्न तथा जिज्ञासा सोधेका छन् ।
उनले भनेका छन्

एकपटक मनन गरौं त ! विश्व समुदायको अगाडी शरम लाग्नुपर्ने कुरा होइन र ??
१. संक्रमण मुक्त भनी दिउँसो घर पठाएको व्यक्तीको त्यही दिन राती मृत्यु हुन्छ, मरेपछि फेरि चेकजाँच गरिन्छ र कोरोना संक्रमित पुष्टि हुन्छ ।
२. कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिन्छ, उपचारको हारगुहार माग्दामाग्दै मृत्यु हुन्छ, लाश चेकजाँच गरिन्छ अनि कोरोना पुष्टि हुन्छ ।
३. असन्चो महसुस भएपछि अस्पताल भर्ना हुन्छ, अस्पतालको बेडमा तड्पिदै मृत्युवरण गर्छ र लाश कोरोना संक्रमित भएको पुष्टि हुन्छ ।