पु.समाचार

मृत्युपछि मात्रै कोरोना पुष्टि भएका अहिलेसम्मका नागकिहरुको यस्तो छ विबरण !

२३ जेठ काठमाडौं । नेपालमा कोरोना पोजेटिभ देखिएका अधिकांसमा संक्रमणममा कुनै लक्षण देखिएको छैन । कतिपयलाई केहि सामान्य लक्षण देखिएपनि जटिल समस्याा देखिएको छैन । कोरोना संक्रमणकै कारण ज्यान गुमाएकाको पनि मृत्युपछि मात्रै कोरोणा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ जनाको मृत्यु समेत भईसकेको छ । मृत्यु भएका प्रायजसो सबै भारतबाट आएकाहरु रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको घटनालाई हेरौंः

घटना १ः नेपालमा जेठ १ गते पहिलो संक्रमीतको मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया महिलाको कोभिड १९ बाट मृत्यु भएको थियो । उनको १० दिन अघि त्रिवि सिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमा छोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनिहरु २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर उनलाई ज्वरो र खोकि लाग्नुका साथै र स्वास–प्रस्वासमा समस्या आएको थियो । बारहैबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पतालमा ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएको बताईएकाले उनको पिसिआर विधिबाट परिक्षण गर्दा उनको रिपोर्ट पोजटिभ आयो ।

घटना २ः जेठ ४ गते प्रदेश नम्बर ५ को बाँकेमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भयो । नरैनापुर गाउँपालीकाको एक क्वारेन्टिनमा रहेका व्यक्तिको क्वारेन्टिनमा नै मृत्यु भएको थियो । मृत्यु पछिमात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

घटना ३ः मृत्यु हुनुभन्दा अघि कोरोना संक्रमण पुष्टि हालसम्म दुईजनामा मात्रै भएको छ । प्रदेश ५ को रुपन्देहिस्थित क्रिन्सन अस्पतालमा उपचारार्थ गुल्मिका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्य अवस्था असामान्य भएपछि उनलाई भ्यन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोहि क्रममा उनमा कोभिड १९ पुष्टि भएको थियो ।

घटना ४ः कोरोनाका कारण चौथो मृत्यु प्रदेश नम्बर २ मा भयो । बाराको कलैया उपमहानगरपालीका वडानम्बर जेठ ७ का ७० वर्षका बृद्धको जेठ ४ मृत्यु भएपनि जेठ १२ गतेमात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यतिबेलासम्म उनको दाहसंस्कार समेत भैसकेको थियो ।

घटना ५ः जेठ १४ गते बाग्मती प्रदेशमा कोरोनाका कारण पाँचौ व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो । ललितपुरमा कोरोना भाईरसको संक्रमणबाट किस्ट अस्पतालमा उपचार गराईरहेका ५७ वर्षका पुरुषको मृत्यु भएको थियो । उनलाई जेठ ११ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको थियो । जेठ १२ गते स्वाव परिक्षणको लागि पठाईएको थियो, मृत्युपछि मात्रै उनको रिपोर्ट आएको र त्यसको रिपार्ट पोजेटिभ आएको थियो ।

घटना ६ः जेठ १६ गते अर्घाखाँचिमा कोरोना संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको थियो । भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सिमापारी मृत्यु भएको भुमिकास्थान नगरपालीका वडानम्बर ९ का ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएसंगै उनको स्वाव संकलन गरी परिक्षणका लागि पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको थियो ।

घटना ७ः जेठ १७ गते कर्णालि प्रदेशको दैलेखका संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु भएको थियो । दुल्लु नगरपालीकास्थित क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाईरसको रिपोर्ट पोजेटिभ आएको थियो । उनमा कोरोना संक्रमण देखिएको पुष्टि मृत्युपछि मात्रै भएको हो ।

घटना ८ः जेठ १८ गते जिल्ला अस्पताल बाजुराको आईसुलेशनमा उपचार गराई रहेका २ वर्षिया बालिकाको पनि कोरोनाले मृतयु भयो । बालिका पखाला, ज्वरो र स्वासप्रस्वास समस्याबाट ग्रसित रहेकी थिईन । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो । उनमा पनि कोरोना संक्रमण भएको पुष्टि मृत्युपछि मात्रै भएको हो ।

घटना ९ः जेठ २१ गते दोलखाका ७६ वर्षका वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनि जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । उनलाई जेठ गते केएमसी अस्पतालबाट थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । आईसियुमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृत्यु अघिनै उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

घटना १०ः पाल्पाका पुर्वखोला गाँउपालीका सिरुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनि कोरोना संक्रमणबाट मर्ने १० औं व्यक्ति हुन । उनि भारतबाट ५ दिनअघि नेपाल आएका थिए । उनि भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाईनमा बसेका थिए । उनलाई स्वासप्रस्वासको समस्या देखिएपछि पाल्पाको मिसनअस्पतालमा भर्ना गरिएको थियो । यस्तै अन्य केहि व्यक्तिको क्वारेन्टाईनमा मृत्यु भएको भन्ने समाचारहरुपनि आईरहेका छन् । उक्त मृत्युबारे स्वास्थ्यमन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

घटना ११ः पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ का २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । उनि कोरोनाका कारण मृत्युहुने ११ औं व्यक्ति भएका छन् । उनि भारतबाट आएर क्वारेन्टाईनमा केहिदिन बसेर घर फकिएका थिए ।

बिहीबार मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भने (शुक्रबार) आज भएको हो । यद्यपपि नेपालमा कोरोनाका कारण ११ औं व्यक्तिको मृत्यु भएको समाचार विभिन्न सरमाध्यममा आएपनि स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ । उनको २२ गते मृत्यु भएको र स्वाव परिक्षण गर्दा २३ गतेमात्रै नतिजा पोजेटिभ आएको थियो ।

१० जनाको मृत्यु हुँदा ८ जनाको मृत्यु पस्चातमात्रै कोरोना पुष्टि भएको छ । कोरोना मृत्युपछि मात्रै कोरोना परिक्षण गरिनु सरकारको लापरबाहिपन भएको नागरिकहरुले बताई रहेका छन् । जस्ले गर्दा कोरोना नियन्त्रणमा सरकारको तयारी कमजोर हो कि भन्ने थुप्रै प्रश्न पनि उठेका छन् । यस्तै केहि व्यक्तिको क्वारेन्टाईनमा मृतयु पनि भएको छ । मृत्यु भएका व्यक्तिको कारोना परिक्षणगरी रिपोर्ट आउन बाँकी छ । त्यसपस्चात स्वास्थ्य मन्त्रालयले पुष्टि गर्ने छ ।