राजनीति

आरडिटी परिक्षणमा कोरोना पोजेटिभ देखिदैमा चिन्ता गर्नु पर्दैनः मुख्यमन्त्री पोख्रेल

२३ जेठ, बुटबल । प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोख्रेलले कोरोना भाईरसको संक्रमण परिक्षणका सन्दर्भमा प्रदेश सरकारले परिक्षणको दायरा निरन्तर वढाउदै लगेको जानकारी दिएका छन् । उनले बिरुतारै परीक्षणको संख्या अझै बढाउने योजना रहेको बताउँदै सबैलाई सचेत हुनआग्रह समेत गरेका छन् ।
उनले भनेका छन्, ‘कुनै लक्षण नदेखिएको संक्रमित व्यक्तिवाट दुईहप्तापछि अरुलाई सर्ने सम्भावना रहदैन । त्यसैले आरडिटी परिक्षणमा पोजेटिभ देखिदैमा चिन्तागर्नु पर्दैन । पोजेटिभ देखिएमा निको हुने क्रममा रहेको हो कि निको भएको हो भनेर पिसिआर विधिवाट परिक्षण गर्ने गरिएको छ ।’

शंकर पोख्रेलको भनाई जस्ताको तस्तैः
प्रदेश सरकारले परिक्षणको दायरा निरन्तर वढाउदै लगेको छ । भविष्यमा थप विस्तारको योजना पनि रहेको छ । अहिलेको अवस्थामा परिक्षण गर्दा निम्नकुरामा ध्यान दिनु आवश्यक छ ।
आरडिटी पोजिटिभ निको हुदैगरेको अवस्था वा निको भएको अवस्थामा देखिने एन्टिवडी हो । नयाँ संक्रमितको हकमा आरडिटीमा पोजेटिभ देखिदैन । त्यसैले आरडिटी परिक्षण कोरोन्टाइनमा दुईहप्ता वसेकाहरुको मात्र गर्ने हो । कुनै लक्षण नदेखिएको संक्रमित व्यक्तिवाट दुईहप्तापछि अरुलाई सर्ने सम्भावना रहदैन । त्यसैले आरडिटी परिक्षणमा पोजेटिभ देखिदैमा चिन्तागर्नु पर्दैन । पोजेटिभ देखिएमा निको हुने क्रममा रहेको हो कि निको भएको हो भनेर पिसिआर विधिवाट परिक्षण गर्ने गरिएको छ ।
रोगको लक्षण देखिएकाको हकमा सबैको पिसिआर विधिवाट परिक्षण गर्ने गरिएको छ । कन्ट्रयाक ट्रेसिङ अन्तरगत पिसिआर विधिवाट परिक्षण गर्नका लागि पनि कम्तिमा ५ दिन क्वारेन्टिनमा वस्दा सही परिणामको सम्भावना हुन्छ । तसर्थ संक्रमितको सम्पर्कमा आएकाले पनि जानकारी प्राप्त हुनासाथ क्वारेन्टिनमा वसौं । परिक्षणमा केही न केही इरर हुने गर्दछ । त्यसैले नेगेटिभ भयो भनेर स्वास्थ सुरक्षा र सामाजिक दुरीलाई वेवास्ता नगरौ ।
डव्लुएचओको प्रोटोकल अनुसार नै परिक्षण र आइसोलेसनका यी विधिहरु प्रयोगमा ल्याइएका छन् । जिल्ला स्वास्थ र स्वास्थ प्राविधिकहरुको सल्लाह अनुसार नै परिक्षणका आवश्यक विधिहरु तालिका अनुसार अघि वढाऔं ।