पु.समाचार

क्वारेन्टाईनबाट घर फर्केर मृत्यु भएका युवकमा देखियो कोरोना

२३ जेठ काठमाडौं । क्वारेन्टाईनबाट घर फर्केर मृत्यु भएका एक युवकमा कोरोनाको पुष्टि भएको छ । पस्चिम सुर्खेतमा क्वारेन्टाईनमा आरडिटि नेगेटिभ देखिएपछि डिस्चार्ज भएका युवकको बिहिबार घरमा मृत्यु भएको थियो ।

आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो । बिहिबार नै स्वाव परिक्षणको लागि पठाएकोमा मृतक युवाको स्वाव परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

उनको पिसिआर रिपोर्ट शुक्रबार बिहान २ बजे रिपोर्ट आएको वडाध्यक्ष धनबहादुर थापाले जानकारी दिएका छन् । मृतक उक्त व्यक्ति गत जेठ ७ गते भारतबाट आएका थिए ।

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए । यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।