खेलकुद

इंग्लिस प्रिमियर सुचारुपछि पाँच खेलाडी परिवर्तन गर्न पाइने

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल सुचारुपछि पाँच खेलाडी परिवर्तन (सब्सिच्युड) गर्न पाइने भएको छ ।

प्रिमियर लिगको बिहिबार बसेको बैठकले लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको डेलीमेलले जनाएको छ । कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुनस् मैदान फर्कदा कठिन हुने भएको कारण प्रिमियर लिगले खेलाडी परिवर्तनको संख्यालाई बढाउने निर्णय गरेको हो ।

यस्तै लिग सुचारु पछि ७ देखि ९ खेलाडी बेन्चमा राख्न पाईनेछ । यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई मद्दत पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न अनुमति दिएको थियो ।

प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ । यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दुई जितले च्याम्पियन बन्ने छ । यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।