लुम्बिनी

गुल्मीका सञ्चारकर्मीलाई पिपिई

२२ जेठ, गुल्मी । जिल्लामा कार्यरत २५ सञ्चारकर्मीलाई आज पिपिई प्रदान गरिएको छ । नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले सहयोग गरेको व्यक्तिगत सुरक्षात्मक उपकरण नेपाल प्रेस युनियन गुल्मीको संयोजनमा काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले आज नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरे ।
महासंघका अध्यक्ष नवराज भुसालले अग्रभागमा रहेर समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारलाई पिपिई वितरण गरिने जानकारी दिए ।