कृषि

कृषकलाई तरकारी बिक्रीवितरणमा सहज हुन कुसुम्बाघाटको ताला खुला

२२ जेठ, राजापुर । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलको ताला खुलेको छ । पुलमा लगाइएको ताला खुलेपछि बारबर्दियाका कृषकलाई तरकारी बिक्रीवितरणमा सहज हुने भएको । यस क्षेत्रको मुख्य बजार मधुवन नगरपालिकाको हाट बजार हो ।
तरकारी बिक्री गर्न समस्या भएको कृषकले गुनासो गरेपछि बुधबार ताला खोलिएको नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । खुल्ला सिमानासँग जोडिएको र व्यापार व्यवसायका लागि आउनेको भीड बढेपछि गत चैत १९ गते नगरपालिकाले पुलमा ताला लगाएको थियो ।