राजनीति

बलात्कारी/जातीय बिभेद गर्नेलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न नेतृ कोईरालाको माग

२२ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पुर्ब उपप्रधानमन्त्री सुजाता कोईरालाले रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी भएको घटनाको बिरोध जनाएकी छन् । उनले यस घटनालाई कुनैपनि राजनीतिक दलहरुले राजनीतिक रंग नदिई सत्य तथ्य खोजविन गरी, जो जसको संलग्नता भएपनि निष्पक्ष छानबिन गरि दोषि उपर कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेकी छन् ।

नेपाली काँग्रेस विदेश विभाग पुर्व प्रमुख, बर्तमान साँसदसमेत रहेकी नेतृ कोईरालाले देशमा भईरहेको बलात्कारको घटना, छुवाछुतको नाममा भएको घटना लगायतका सबै प्रकारका बिभेद तथा कूरितिको नाममा भएको घटनाको दोषिलाई मृत्युदण्ड दिने कानून ल्याउन पनि सरकारलाई आग्रह गरेकी छन् ।

नेतृ कोईरालाले सबै खाले बिभेदको अन्त्य गरौं, सु–संस्कृत समाजको निर्माण गरौं भन्ने नाराका साथ आजको एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग–उपल्लो बर्गको नाममा हत्या हिंसा हुने हो भने हामीले २००७ साल देखि सबैखाले बिभेदको अन्त्यको लागि गरेको क्रान्ती , आन्दोलन, जनआन्दोलन के का लागि ???? भन्दै प्रश्न गरेकी छन् ।

उनले भनेकी छन्ः  हालै छ जना यूवाहरुको ज्यान लिने गरी रुकुममा भएको घटनाप्रति घोर निन्दा गर्दछु । आजको एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग–उपल्लो बर्गको नाममा हत्या हिंसा हुने हो भने हामीले २००७ साल देखि सबैखाले बिभेदको अन्त्यको लागि गरेको क्रान्ती, आन्दोलन, जनआन्दोलन के का लागि ????
यस घटनालाई कुनैपनि राजनीतिक दलहरुले राजनीतिक रंग नदिई सत्य तथ्य खोजविन गरी, जो जसको संलग्नता भएपनि निष्पक्ष छानबिन गरि दोषि उपर कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु, साथै देशमा भईरहेको बलात्कारको घटना, छुवाछुतको नाममा भएको घटना लगायतका सबै प्रकारका बिभेद तथा कूरितिको नाममा भएको घटनाको दोषिलाई मृत्युदण्ड दिने कानून ल्याउन पनि सरकारलाई आग्रह गर्दछु ।
सबै खाले बिभेदको अन्त्य गरौं ।
सु–संस्कृत समाजको निर्माण गरौं ।।

जयनेपाल ।