राजनीति

डा कोईराला आक्रोशितः२३ सय कोरोना पत्ता लगाउन १० अर्ब खर्च, भ्रष्टाचार हेर्ने निकाय भए हेर्ला नि?

२२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले कोरोना नियन्त्रणमा सरकारी खर्च १० अर्ब ? भनदै सरकारलाई प्रश्न गरेका छन् ।

उनले नेपालभर कोरोना संक्रमीतको संख्या दुईहजार तीन सय र मृतक ९ जना छन् भएपनि क्वारेन्टाइनको गुणस्तर कस्तो छ र त्यहाँ रहेकाहरुले खान सम्म नपाएको कुरा संचार माध्यमले देखाईसकेको अवस्थामा खर्च ज्यादै धेरै भएको टिप्पणी गरेका छन् ।

डा कोईरालाले चिन्ता ब्यक्त गर्दै भनेका छन्, ‘यदि देशमा भ्रष्टाचार सम्बन्धि नियमन गर्ने निकाय छ भने कुनै दिन यो चरम राज्य लुटको हिसाबकिताब होलानी ।’

डा कोईरालाको ट्वीटः जम्मा संक्रमित २३००, मृत्यु ९ जना। क्वारेन्टाइनको गुणस्तर कस्तो छ र त्यहाँ रहेकाहरुले खान सम्म नपाएको कुरा संचार माध्यमले देखाईसकेका छन। अनि कोरोना नियन्त्रणमा सरकारी खर्च १० अर्ब ?
यदि देशमा भ्रष्टाचार सम्बन्धि नियमन गर्ने निकाय छ भने कुनै दिन यो चरम राज्य लुटको हिसाबकिताब होलानी।